अर्घाखाँचीमा चितुवाको आतंक

१८ कार्तिक २०७५, आईतवार १४:४६

 

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा पेँहाले निवासी ४ बर्षिय बालक आर्यन घिमिरे लाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ।स्थानिय माधब प्रसाद घिमिरे मदन का ४ बर्षिय छोरा लाई बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदा ल्याउँदै मृत्यु भएको अस्पतालले जनाएको छ।


चितुवाले बालकको घोंत्रामा आक्रमण गरी बारिमा करीब १०० मिटर तल जङलमा फालेको थियो।स्थानीय छिमेकी खिम प्रसाद मरासिनीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याएपछि उपचार सुरु गर्न नपाँउदै डाक्टरले मृत घोषित गरेका थिए ।निजका बुबा आमा घरमै रहेको बुझिएको छ।

अहिलेसम्मा अर्घाखाँची जिल्लामा १५ वटा बालबालिका लाई चितुवाले आक्रमण गरि नोक्सान गरेको छ भने ६ जना गम्भीर घाइते पछि निको भएको छ।चितुवाले बिगत ३ बर्ष देखि आतंक फैलाउँदा जिल्ला बासि अत्यन्तै त्रासमा बस्न बाध्य भएका छन।चितुवा नियन्त्रण गर्न अनेक प्रयास गर्दा सम्म कुनै उपलब्धि हुन सकेको छैन।