बीबीसी–
पाकिस्तानको सर्वोच्च अदालतले आसिया बीबीलाई इश्वर निन्दाको एक मुद्दामा दोषमुक्त भएको फैसला गरेको छ । त्यहाँको तल्लो अदालत र उच्च अदालतले यो मुद्दामा आसियालाई मृत्युदण्डको सजायँ सुनाएको थियो ।
आसियाले ती निर्णयविरुद्ध त्यहाँको सर्वोच्च अदालत गएकी थिएन् । अदालतले सोही निर्णयको सुनुवाई गर्दै आसिया बीबीलाई रिहाई गरेको हो । फैसला सुनाउने क्रममा सर्वोच्च अदालतका मुख्य न्यायाधीश मियाँ साकिब निसारले ट्रायल कोर्ट र उच्च अदालतको फैसला रद्द गरेको घोषणा गरे । उनले भने– ‘उनलाई दिइएको सजायलाई रद्ध गरिन्छ । यदि उनीमाथि अन्य कुनै मुद्दा छैन भने उनलाई तुरुन्त रिहा गरिन्छ ।’ आसिया बीबीको रिहाईको विस्तृत फैसला सर्वोच्च अदालतका न्यायाधीश आसिफ सईद खोसाले लेखेका हुन् । फैसलामा भनिएको छ, ‘पैगम्बर मोहम्मद वा कुरानको अपमान गर्दाको सजायँ मृत्युदण्ड वा जन्मकैद नै हो तर यो अपराधलाई गलत वा झुट्टो आरोपको रुपमा प्रयोग गरिने गरेको देखिन्छ ।’

अदालतले मशाल खान र अयूब मसिहका मुद्धाहरुलाई उल्लेख गर्दै पछिल्लो २८ वर्षमा ६२ दोषीहरुलाई अदालतको फैसला आउनु अघिनै हत्या गरिएको बताइएको छ ।आसिया बीबीमाथि एक मुसलमान महिलासँगको कुराकानीको दौरान पैगम्बर मोहम्मदको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोप छ ।आसिया बीबीले पैगम्बर मोहम्मदको अपमान गरेको आरोपपूर्ण रुपमा अस्वीकार गर्दै आएकी छन् । पाकिस्तानमा इश्वरनिन्दा एक संवेदनशील विषय रहदैं आएको छ । आलोचकहरुको भनाईमा यो कानुनको गलत प्रयोग गरेर अक्सर अल्पसंख्यकहरुलाई फसाइन्छ ।घटना १४ जुन २००९ को हो । यसबारेमा आसियाले एक किताबनै लेखेकी छिन् । अंग्रजी वेबसाइट न्यूयोर्क पोस्टमा छापिएको यो किताबको हिस्सामा आसिया लेख्छिन्, ‘त्यो दिन मैले आफूलाई तिर्खा लोगेकाले एक इनारबाट पानी निकालेर छेउमा राखेको गिलासमा हालेर पिएँ । मैले पानी खाइसक्दा छेउमा अर्की तिर्खाइरहेकी महिला देखें । उनलाई मैले आफैले गिलासमा पानी हालेर दिएँ । त्यहिबेला त्यो हेरिरहेकी एक महिलाले कराएर एक इसाईले छोएको पानी नखान भन्नु भयो । उनले अगाडि लेखेकी छिन्, ‘जवाफमा मैले यशुले यस कामलाई पैगम्बर मोहम्मदभन्दा अलग नजरले हेर्ने बताएँ । त्यसपछि उनले मलाई पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लगाइन् ।’
सर्वोच्च अदालतको फैसलापछि पाकिस्तानका कयैन सहरहरुमा विरोध प्रदर्शन शुरु भएको छ । विरोधले हिंसात्मक रुप लिएपछि प्रशासनले सम्पूर्ण पञ्जाब प्रान्तमा धारा १४४ लागू गरेको छ । प्रहरीले त्यहाँ सार्वजनिक स्थानहरुमा पाँच जनाभन्दा बढी मानिसहरु भेला नहुन माइकिङ गर्दै हिँडिरहेका छन् । प्रदर्शनकारीहरुले फैजावाद र इस्लामावादलाई जोड्ने राजमार्ग बन्द गरेका तस्विरहरु आइरहेका छन् । तर अर्कोतर्फ कयैन मस्जिदहरुले सर्वोच्च अदालतको यो फैसलाको विरोध गर्न मानिसहरुलाई आ–आफ्ना घरहरुबाट निक्लन माइकबाट आह्वान गरिरहेका छन् । बीबीसीका अनुसार सहरका कयैन इलाकाहरुमा लाठी बोकेका मानिसहरु उभिरहेको देखिन्छ । यसले गर्दा सहरको ट्राफिक ठप्प भएको छ ।मानवाधिकार संगठनहरुले पाकिस्तानी सरकारसँग आसिया बीबीका परिवार र उनका वकिलको सुरक्षाको बन्दोबस्त गर्न माग गरेका छन् । आसिया बीबीविरुद्ध मुद्धा दायर गर्ने उजुरीकर्ताहरुको कानुनी टिमको एक सदस्य वकिल ताहिरा शाहीनले उनलाई पहिलेनै यस्तो खालको फैसला आउने आशंका रहेको बताए । उनले सर्बोच्च अदालतका न्यायाधीशहरु आफै दोषी भएको बताए । सामाजिक सञ्जालहरुमा पनि यो विषयमा विरोधी प्रतिक्रियाहरु आउन थालेका छन् । एकातर्फ मानिसहरु यसलाई कानुनको जित भनिरहेका छन् र अर्कोतर्फ धम्कीपूर्ण बयानहरु आइरहेको छ । विरोध गर्नेहरुले सर्बोच्च अदालतका न्यायाधीशहरुविरुद्ध अपशब्द समेत प्रयोग गरिरहका छन् ।
एजेन्सी
