काठमाडौं सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

बुधबार नर्भिक अस्पताल पुगेर सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन्। सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरूले जानकारी गराएका थिए। सभामुख महराले अस्पताल तथा डाक्टरहरूलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह र्गदै तुलाधरको स्वास्थ्य लाभको कामना गरेका थिए। अन्नपूर्ण न्यूरो अस्पतालबाट मंगलबार रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको हो। नर्भिक अस्पतालका डाक्टर आर के अग्रवाल र राजीव झालगायतको टिम तुलाधरको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ।
