मलाइकासँगको सम्बन्धका लागि २१ वर्ष र्खचियअरबाज खानले

१४ कार्तिक २०७५, बुधबार १६:०१

अभिनेत्री मलाइका अरोडा खान र अरबाज खान एक अर्कासँग छुट्टिएर अलग–अलग बाटो हिँडिसकेका छन् । दुवैले आफ्नो जिन्दगीको नयाँ साथी पनि चुनिसकेका छन् । अरबाज खान यतिबेला नयाँ प्रेमिका जर्जिया एण्ड्रियानीका साथ समय बिताइरहेका छन् भने मलाइका अभिनेता अर्जुन कपूरको प्रेममा छिन् । अरबाज खानले पहिलो पटक उनको सम्बन्धको बारेमा बोलेका छन् ।

एक अन्तरर्वार्तामा अरबाज खानलाई आदर्श सम्बन्धको बारेमा सोधिएको प्रश्नमा अरबाजले भने ‘म यस प्रश्नको जवाफ दिनको लागि सही व्यक्ति होइन । उनले अगाडि भने ‘सुमधुर सम्बन्ध भनेको के हो भन्ने बारेमा मलाई थाहा छैन । मैले मेरो सम्बन्धका लागि २१ वर्षसम्म प्रयास गर्दा पनि कहिल्यै सफल भएन ।अरबाजले भने ‘जिन्दगीमा २ किसिमका मानिसहरु हुन्छन, जो आफूसँग सबै कुरा भएर पनि अझै धेरै कुरा पाउन चाहन्छन् सधैँ यो सावित गर्ने प्रयासमा हुन्छन् उनीहरुको जोडी निकै उत्कृष्ट जोडी हो, जो धेरै खुशी छन । अर्को जो आफूहरुसँग जे छ उनीहरु त्यही कुरामा खुशी भएर बस्छन् ।

अरबाज खान यतिबेला उनको फिल्म ‘ज्याक एण्ड जिल’ को प्रमोशनमा व्यस्त छन् । यो फिल्म एक यस्तो श्रीमानको जीवनमा आधारित छ, जसलाई लाग्छ की उसकी श्रीमती उसलाई धोका दिइरहेकी छ । जुन कुरा पत्ता लगाउनका लागि उसले जासूसहरुलाई श्रीमतीको पछि लगाउँछ । फिल्म नोभेम्बर २ मा रिलिज हुने छ ।