निर्मला हत्या प्रकरणमा ४ जनाको डीएनए परीक्षण

१४ कार्तिक २०७५, बुधबार १०:३२

निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा आएका ४ जनाको नमूना संकलन गरिएको छ, उक्त नमूना परिक्षणका लागि काठमाडौँ पठाएको डीएसपी ओझाले जानकारी दीए ।