काठमाडौं तिहार छठ एवम् नेपाल संवतको अवसर पारेर उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गर्न लाग्नुभएको जलपान कार्यक्रम सरेको छ ।

उपराष्ट्रपतिले आयोजना गर्न लाग्नुभएको दिनमा नै नेपाली कांग्रेसले पनि चियापान कार्यक्रम राखेकाले उपराष्ट्रपतिको कार्यक्रम १९ गतेका लागि सारिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
शुभकामना आदन प्रदान तथा जलपान समारोह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा हुने सचिवालयले जानकारी दिएको छ ।
तिहार, छठ एवम् नेपाल संवत्को अवसर पारेर हरेक वर्ष उपराष्ट्रपतिले शुभकामना आदन प्रदान तथा जलपान कार्यक्रम गर्दै आउनुभएको छ ।
