ब्राउन सुगरसहित तीनजना पक्राउ

१२ कार्तिक २०७५, सोमबार १७:३३

दाङ – इलाका प्रहरी कार्यालय गढवा दाङले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेको नेतृत्वमा गएको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी धानखोलाको क्षेत्रमा गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गमा पोखरादेखि कोहलपुर जान लागेको से १ च ११९० को महेन्द्र बोलेरो जीपसहित तनिजनालाई पक्राउ गरेको हो ।

प्रहरीले दुई ग्राम ब्राउन सुगर र १६ ग्राम गाँजा पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरीका प्रमुख पञ्चलाल गोलेले जानकारी दिए ।बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी बस्ने ३९ वर्षीय नरबहादुर पाण्डे, सोही ठाउँ निवासी ३२ वर्षीय भिमसिंह रोकाय र २५ वर्षीय छवि गुरुङलाई पक्राउ परेका हुन प्रहरीले से १ च ११९० नम्बरको बोलेरो जीप, ९ हजार पाँच सय रुपैयाँ, तीनवटा मोबाइल लगायतका सामाग्रीको पनि बरामद गरेको जनाएको छ ।