प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप रोक पत्रकार महासंघ

११ कार्तिक २०७५, आईतवार १८:१९

काठमाडौं यातायात व्यवस्थगा विभागका निर्देशक चन्द्र शाहले समाचार संकलनमा रहेका सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई दुव्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

 

सार्वजनिक सेवाको क्षेत्रमा नागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार अधिकारीबाटै पत्रकारलाई धम्की दिँदै समाचार संकलनमा

अवरोध गर्दा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघले जनाएको छ ।समाचार संकलनका लागि यातायात व्यवस्था विभाग पुगेका श्रेष्ठ र हाकुजुलाई विभागका निर्देशक शाहले पूर्वअनुमति लिएर मात्र समाचार बनाउन भन्दै धम्क्याएका थिए ।