राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत

११ कार्तिक २०७५, आईतवार १८:०३

काठमाडौं आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ। राष्ट्रपतिको कतार भ्रमण चार दिनको हुने छ।

बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई सरकारले पदबाट हटाएको छ। पछिल्लो समय सरकार र महाप्रबन्धकबीच विवाद चर्किंदै गएको थियो।सर्वोच्च अदालतमा मुद्दा चलिरहेका विषयमा सरकारले स्पष्टीकरण सोधेपछि उपाध्यायले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरेका थिए।, सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय पनि गरेको छ। बैठकले श्रम सम्झौताको एमओयु समेतस्वीकृत गरेको छ। सम्झौता भएपछि हाल प्रतिबन्धित मलेसियामा नेपाली कामदार जान पाउने छन्।