कर्णाली प्रदेश सभाको बैठक आज आइतबार बस्न नसकेर कार्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबार दिउँसो १ बजे बस्ने भनेर बोलाइएको बैठक नबसेर स्थगित भएको हो ।संसद सचिवालयले प्राविधिक कारण देखाउँदै सुचना टाँसेर बैठक कार्तिक १३ गते मंगलबारसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।गएको असोज २३ गते झण्डै दुई महिनापछि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले रातो किताब उपलब्ध नगराएको, प्रदेश सभा सदस्यहरुको सेवासुविधासम्बन्धी विधेयकलगायतका महत्वपूर्ण विधेयकहरु नल्याएको, सरकार आफ्नै शैलीमा अघि बढेको भन्दै अवरुद्ध गरेका थिए ।त्यसयता पटक पटक बैठक बोलाइए पनि बैठक बस्न सकेको छैन ।
नेपाली कांग्रेसका सांसद यज्ञ विसीले सरकारले आफूहरुले राखेका मागहरु पूरा नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने बताए । उनले सरकारले रातो किताब अहिलेसम्म उपलब्ध नगराएको भन्दै पहिला रातो किताब उपलब्ध गराए मात्र प्रदेश सभा बैठक चल्न दिने बताए ।
