प्रमुख दलहरुका सामु देखिएका चुनौति

११ कार्तिक २०७५, आईतवार १५:५६

सत्तारुढ र मूलधारका दलहरू यथास्थितिवादी तथा सत्तामुखी भएपछि वैकल्पिक तथा नयाँ राजनीतिक दलको आवश्यकता हुन्छ । तर अहिले त्यस्तो देखिदैन । राजनीतिक यथास्थितिवादले मुलुकलाई निकास दिन सक्दैन । प्रविधिको विकास संगै नेपाल अघि बढनु पर्ने आबश्यकता देखिएको छ ।  त्यसैले वैकल्पिक राजनीतिक दलको आबश्यकता सम्वन्धि बहस हुन थालेको छ । तर नेपालमा भएका साना दलहरुले मूलधारका दलहरूलाई चुनौती दिन सकेका छैनन्। यो नै समस्या हो । मूलधारका दलहरूलाई चुनौती दिँदै केही वर्षअगाडि बाबुराम भट्टराईले नयाँ शक्ति र रवीन्द्र मि श्रले विवेकशील साझा पार्टी स्थापना गरेपछि नेपालमा
केहि समय चर्चा पायो । तर अहिले त्यो छैन । किन कि यी दलहरुले पनि जनतालाई नयाँ बिचार सोच र योजना दिन सकेनन् । विगत निर्वाचनमा नयाँ र वैकल्पिक भनिएका यी दलहरूले जनताले सोचे अनुसार सफलता पाउन सकेनन् । उनिहरुले चुनावमा सफलता पाउन नसकेपछि उनीहरूको औचित्य र भविष्य माथि नै प्रश्नचिह्न खडा भएको छ।

विश्वव्यापी र दक्षिण एसियामा नयाँ वा वैकल्पिक दलहरू विगत केही वर्षदेखि प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भएका छन् र परम्परागत र मूलधारका दलहरूलाई गम्भीर चुनौती दिएका छन्। ३९ वर्षीय युवा इम्यानुयल म्याक्रों फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भएका छन । नयाँ र कमजोर मानिएका दलहरू पाकिस्तान, भुटान र माल्दिभ्समा भर्खरै सम्पन्न आमनिर्वाचनमा विजय भएका छन । अरविन्द केजरीवालको आम आदमी पार्टीको स्थापना र लहरले भारतमा पनि मूलधार वा परम्परागत दलहरूलाई उल्लेखनीयरूपमा धक्का दिएको छ। जनअपेक्षाअनुरूप सरकारले काम गर्न नसकेपछि विश्वव्यापीरूपमा नै परम्परागत र मूलधारका पार्टीहरूलाई नयाँ र वैकल्पिक दलहरूले गम्भीर धक्का दिदै आएका छन ।विकसित देशहरूमा राजनीतिक सिद्धान्त र कार्यसूचीका आधारमा दलहरूको उत्थान र अवसान हुने गर्दछ । तर नेपालको सन्दर्भमा एउटा सफल क्रान्ति वा आन्दोलनको नेतृत्व नगरेसम्म राजनीतिक शक्तिका रूपमा स्थापित हुन कुनै पनि दलहरु सकिरहेका छैनन् ।

अन्तर्राष्ट्रिय सन्दर्भलाई हेर्ने नै हो भने कुनै पनि पार्टी निर्माणको प्रमुख आधार राजनीतिक सिद्धान्त, कार्यसूची, नीति र कार्यक्रम हो। नेपालको सन्दर्भमा क्रान्ति, आन्दोलन, संघर्ष र बलिदान नै पार्टी निर्माणको आधार हो । कांग्रेसले ०७, ०४६, ०६२ र ६३ को जनआन्दोलनको नेतृत्व ग¥यो। त्यसैले कांग्रेस निर्णायक शक्तिका रूपमा स्थापित भयो। एमालेले ०४६ र ०६२ र६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो। त्यसैले एमाले पनि प्रमुख शक्तिका रूपमा स्थापित भयो। माओवादीले दशक लामो सशस्त्र संघर्षको नेतृत्व ग¥यो भने तत्कालीन सात दलसँग बाह्रबुँदे समझदारी गरेपछि ०६२ र६३ को आन्दोलनमा अप्रत्यक्ष रुपमा सहभागी भयो। त्यसैले ०६२ र६३ को जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि माओवादी पनि प्रभावशाली शक्तिका रूपमा स्थापित भयो। मधेसकेन्द्रित दलहरू पनि ०६४ को मधेस आन्दोलनकै आधारमा स्थापित भएका हुन्। त्यसैले हालसम्मको पार्टी निर्माण प्रक्रियाको ऐतिहासिक आयाम तथा नजिरका आधारमा विश्लेषण गर्दा आन्दोलन, क्रान्ति वा विद्रोहको सफल नेतृत्व नगरेसम्म कुनै पनि पार्टी प्रमुख पार्टीका रूपमा स्थापित भएका छैनन्।

उपरोक्त तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा नेपालको परिवेशमा पार्टी निर्माण प्रक्रिया लामो, जटिल र संघर्षपूर्ण छ। नयाँ वा वैकल्पिक पार्टी स्थापना गर्ने अभियानका अभियन्ताहरूले उक्त वास्तविकतालाई आत्मसात गर्नु अपरिहार्य छ। होइन भने नयाँ वा वैकल्पिक पार्टीको भविश्य अन्योलमा रहने छ । सुरुका दिनमा नयाँ शक्ति वास्तवमै नयाँ ‘शक्ति’ का रूपमा उदाउछ की भन्र्ने जनतामा एकखालको आश थियो । तर जनताले सोचेअनुसार उदाउन सकेनन् ।नेपालमा मात्रै होइन, विश्वव्यापीरूपमा नै परम्परागत तथा मूलधारका दलहरूप्रति जनताको आक्रोश र असहमति छ। त्यसैले परम्पगत तथा मूलधारका दलमा सुधार आउनु् पर्ने आबश्यकता देखिएको छ । मूलधारका दलहरु आफूलाई सुधार गरेर लान सकेनन् भने उनिहरु सामु ठूलो चुनौति देखा पर्ने खतरा छ । कतिपय विकसित र लोकतान्त्रिक देशहरूमा सत्तारुढ तथा मूलधारका दलहरूको विकल्पमा नयाँ र वैकल्पिक दल अप्रत्यासितरूपमा निर्वाचनमा विजयी भएका छन् भने कतिपय देशहरूमा नयाँ वा वैकल्पिक दलहरूले परम्पगत तथा मूलधारका दलहरूलाई गम्भीर चुनौती दिएका छन्। नेपालका वैकल्पिक र नयाँ भनिएका विवेकशील साझा र नयाँ शक्ति दुवै पार्टी जनताको बीच धेरै लोकप्रिय पार्टी हुन्। लोकप्रियताको आधारमा पार्टीलाई अघि बढाउन सकेनन् । संघर्षका क्रममा नेपालका नयाँ दलहरू एउटा वामपन्थी र अर्को दक्षिणपन्थी लोकप्रियतावादी पार्टीको दिशातर्फ उन्मुख हुन सक्ने सम्भावना प्रबल देखिन्

हालसम्मको नेपाली जनताको मनोविज्ञानका आधारमा वस्तुगत विश्लेषण गर्दा अहिले पनि पहिलो विकल्प मूलधारका दलहरूको सुधार र रूपान्तरण नै हो। त्यसैले सयौं गल्ती र कमजोरी हुँदाहुँदै पनि नेपाली जनताले कांग्रेस र एमालेलाई विगतमा पटकपटक अवसर दिएका छन्। मूलधारका दलहरू नेकपा र कांग्रेसमा सुधार भएन भने नेपाली जनताले विकल्प खोज्ने छन ।

यो कुरा सत्य हो । पार्टी निर्माण गर्न नेपालको सन्र्दभमा चुनौतीपूर्ण नै देखिन्छ। तर जनताले बिकल्प खोजे भने त्यो सम्भव पनि छ । नेपाली जनताको मूलधारका दलहरूप्रतिको विश्वासलाई कमजोरी ठानेर उनीहरूले जनताका चाहना र भावनाअनुरूप आफूहरूलाई अब पनि सुधार र रूपान्तरण गरेनन् भने जनताले नयाँ वा वैकल्पिक दलहरूलाई विकल्पका रूपमा स्वीकार गर्नसक्ने सम्भावना बढेर गएको छ ।