धनगढीको उत्कृष्ट कमब्याक, विराटनगरको दोस्रो हार

११ कार्तिक २०७५, आईतवार १३:०६

सौरभ खनाल र पिटर ट्रेगोको उत्कृष्ट ब्याटिङका कारण पीपीएलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ७८ रनको शानदार जित हात पारेको छ ।

पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनाउन सक्यो । ५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो ।विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप जोराले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, विराटनगरलाई १०४ रनमा समेट्न धनगढीका ड्यानीयल लरेन्सले सर्वाधिक ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ र रोविन क्षेत्री, कमल सिंह ऐरी र पिटर ट्रेगोले समान एक—एक विकेट लिए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको सन्दीप लामिछानेको टिम विराटनगरले धनगढीलाई सानो लक्ष्यमा रोक्ने तयारी गरे पनि धनगढीका सौरभ खनालको विष्फोटक ब्याटिङपछि १८२ रन बनाएको थियो । सौरभले १३ बलको सामना गर्दै ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका थिए भने कम बल खर्चेर ४१ रन बनाउने सौरभ दोस्रो ब्याट्सम्यान भएका छन् । यसअघि पोखरा पल्टनका विनोद भण्डारीले ११ बलमा ४१ रन बनाएका थिए । विराटनगरविरुद्ध धनगढीका पिटर ट्रेगोले उत्कृष्ट ब्याटिङ गरेका थिए । ३८ बलको सामना गरेका पिटरले ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन बनाए खेल

। सौरभ खनाल र पिटर ट्रेगोको उत्कृष्ट ब्याटिङका कारण पीपीएलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ७८ रनको शानदार जित हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनाउन सक्यो ।

५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो ।विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप जोराले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । विराटनगरलाई १०४ रनमा समेट्न धनगढीका ड्यानीयल लरेन्सले सर्वाधिक ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ र रोविन क्षेत्री, कमल सिंह ऐरी र पिटर ट्रेगोले समान एक—एक विकेट लिए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको सन्दीप लामिछानेको टिम विराटनगरले धनगढीलाई सानो लक्ष्यमा रोक्ने तयारी गरे पनि धनगढीका सौरभ खनालको विष्फोटक ब्याटिङपछि १८२ रन बनाएको थियो । सौरभले १३ बलको सामना गर्दै ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका थिए भने कम बल खर्चेर ४१ रन बनाउने सौरभ दोस्रो ब्याट्सम्यान भएका छन् । यसअघि पोखरा पल्टनका विनोद भण्डारीले ११ बलमा ४१ रन बनाएका थिए । विराटनगरविरुद्ध धनगढीका पिटर ट्रेगोले उत्कृष्ट ब्याटिङ गरेका थिए । ३८ बलको सामना गरेका पिटरले ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन बनाए ।

सुरुआत राम्रो गर्न नसके पनि तेस्रो नम्बरमा मैदान छिरेका इग्ल्यान्डका पिटर ट्रेगो र पाँचांै नम्बरमा मैदान छिरेका दीपेन्द्रसिंह ऐरीबीचको साझेदारी राम्रो रह्यो । कप्तान दीपेन्द्र र पिटरले ६० रनका लागि साझेदारी गरेका थिए । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन सन्दीप जोराले १२ रन बनाएका थिए ।

धनगढीलाई १८२ रनमा रोक्न जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने कप्तान सन्दीप लामिछाने, किसन महतो, सुनिल धमला, महोमद जाइद आलमले समान एक—एक विकेट लिएका थिए । आजै हुने दोस्रो खेलमा अहीले केही बेरमा पोखरा पल्टन र बुटबल ब्लास्टर्स भिड्दैछन् ।