मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने डीआईजीसहित चार जना घाइते भएका छन् ।
बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।दुर्घटनामा डीआईजी सुशील भण्डारी गम्भीर घाइते भएका छन् । भणडारीसँगै घाइतेहरू विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटीको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
