प्रधानमन्त्री ओली अस्वस्थ, चियापान कार्यक्रममा अनुपस्थित

१० कार्तिक २०७५, शनिबार १८:००

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा को अध्यक्ष समेत रहेका ओली पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेररहेका छन् विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरीयको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थीयो ।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो । चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको बताइएपनि २० हजारलाई मात्रै नास्ता तयार गरिएको थीयो ।