रानीपोखरी भाइटीकाको दिन खुल्ने

१० कार्तिक २०७५, शनिबार १०:४७

खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बिच भागमा रहेको बालगोपाल मन्दिर पुनर्निर्माण नभए पनि भाइटीकाको दिन खुला हुनेबताइको छ काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो ।

 

रानी पोखरी  अहिले

रानी पोखरी पहिले
छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । हरेक वर्षको भाइटीकामा बालगोपालको दर्शन गर्नका लागि रानीपोखरी सर्वसाधारणका लागि खुला गरे प्रचलन छ । दिदीबहिनी वा दाजुभाइ नहुनेहरू यहाँ गएर टीका लगाउँछन् ।योखबर आजको नेपाल समाचारपत्रले लेखेकोेको छ ।