नेकपाको निम्तोलाई बाबुरामको जवाफ

१० कार्तिक २०७५, शनिबार ०९:५४

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आज २०७५ सालको दसैँ तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

पार्टीले चियापान कार्यक्रममा झण्डै ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ । यसैक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा नजाने भएका छन ।

५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने पनि बताउएका छन ।आफूलाई एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको भन्दै भट्टराईले ट्विटरमा लेखेका छन ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामनानिमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईँहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना । गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५०हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि त्यसैले म आउन सकिनँ ।