पाकिस्तानी प्रधानमन्त्री चीन जाँदै

९ कार्तिक २०७५, शुक्रबार १५:४२

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गन भएका छन ।

आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जानलागेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । खान प्रधानमन्त्री भएपछि यो पहिलो चीन भ्रमण हुने छ । भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री को भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर  गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्ने छन । चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउने कार्यतालिका रहेको छ । पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।