काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारतको दिल्ली प्रस्थान गरेका छन् ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड बिहान ८ बजे दिल्ली प्रस्थान गरेका हुन् ।
इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।
प्रचण्ड आजै साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।