निर्मला हत्यामा पछिल्लो कारवाहीबारे पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रमाण जानीबुझी नष्ट गर्ने प्रहरीलाई पक्राउ गरेर अपराधी पत्ता लगाउनुपर्न बतायका छन ।
डा बाबुराम भट्टराईले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई ‘भविष्यमा अयोग्य नठहरिने गरी’ बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै भनेका छन्– बलात्कार र हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध होइन रु त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनुपर्दैन त्यस्तै बम दिदीबहिनीका सबै हर्कतले उनीहरू अपराधमा संलग्न छन् भन्ने निर्मलाका आमाबाबुले आफूसँगको फोन कुराकानी र स्थानीय जनताको जबर्जस्त भनाइ छँदाछँदै उनीहरूलाई गम्भीर केरकार र अनुसन्धान नगरी किन छोडिँदैछ भन्ने प्रश्नपनि उनले उठाएका छन् ।
भट्टराईले भनेका छन्—स्पष्ट छ, यो काण्डमा शक्तिशालीहरू मुछिएका छन् र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागीपरेको छ । निर्मला पन्त अब सबै नेपालीकी छोरी बनिसकेकी छन् । उनी एउटा व्यक्ति मात्र नभएर दिनहुँ बलात्कार र हत्याको शिकार भैरहेका महिलाहरूको प्रतिनिधि पात्र बनेकि छन् ।‘सबै नेपाली जहाँसुकै भए पनि निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी बनौं वास्तविक अपराधीलाई पक्रेर कडा सजाय नहोउन्जेल दबाब जारी राखौं भट्टराईले भनेका छन्