१८० सैनिकमाथिकोर्ट मार्सलु

९ कार्तिक २०७५, शुक्रबार ०८:३२

सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २०० सैनिक कर्मचारी कारबाहीमा परेका छन्।

सेनामा जागिर लगाइदिने प्रलोभनमा पारेर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय हेटौँडा मा कार्यरत सेननाी सहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको समाचार कारोबार दैनिकले छापेको छ। कारबाहीमा परेकाहरू सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण र गुल्ममा कार्यरत छन्। मानवअधिकार उल्लंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लंघन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागुपदार्थ सेवन तथा ओसारपसार अभियोगमा पनि ठूलो संख्यामा अधिकृत, पदिक र अन्य दर्जाका कर्मचारीमाथि कोर्ट मार्सल गर्न लागिएको सेनाले जनाएको छ।

सेनाका अनुसार कोर्ट मार्सल गर्न लागिएका सैनिकले भर्नामा आवेदन दिएका युवायुवतीबाट छनोट चरणमै मोटो रकम असुलेर ‘जागिर ग्यारेन्टी’को आश्वासन दिएका थिए। नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैनिक अनुशासनविपरीतका गतिविधिमा संलग्नलाई लामो छानबिन तथा अनुसन्धानपछि कारबाही गर्न लागिएको पुष्टि गरे।