एजेन्सी
मोहम्मद सालाहले दुई गोल गर्दे लिभरपुलबाट गोलसंख्या ५० पु¥याएको दिन इङ्लिस क्लबले बुधबार राति च्याम्पियन्स लिगमा रेड स्टार बेलग्राडमाथि ४–० को जित निकालेको छ ।

एन्ड्रयू रोबर्टसनको पासमा राबर्टो फिर्मिनोले गरेको गोलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । जर्दान साकीरीको पासमा ४५औं मिनेटमा सालाहले घरेलु टोलीको अग्रता दोब्बर बनाए । शुरुबाटै हाबी बनेको लिभरपुलका सालाहले ५१ औं मिनेटमा पेनाल्टीबाट अर्को गोल थपे । ७६ औं मिनेटमा सडियो मानेले पेनाल्टी गुमाए पनि ८० औं मिनेट गोल गरेपछि लिभरपुलले सहज विजय हासिल गर्यो ।
सालाहको बारेमा कुरा गर्न छोडे हुन्छ । उनको गोल गर्ने क्षमतामा कुनै शंका छैन । उनी राम्रो खेलाडी हुन भन्नेमा दुई मत छैन,” लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, “हाम्रो समूहमा अझै रोमाञ्चकता छ ।हामीलाई जित्नुको विकल्प छैन ।समूह सीमा लिभरपुल ६ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपोलीसँग ५ अंक छ भने तेस्रो स्थानमा रहेको पिएसजीको ४ अंक छ
