दशैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन।राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहणगरेकी हुन ।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारी जुगल कमाचार्यले नवदुर्गाको पूजा एवं दर्शन गराएका थीए। पुजारी ईन्द्रबहादुर वनमालाले नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । । त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नु साथैनवदुर्गा मन्दिरमा करिब २० मिनेट पुजाअर्चना गरेकी हुन।
राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाईके र देवगणहरुलाई जनही १००५ का दरले दक्षिणा दिएकी थिइन। देवगणहरुले भने आफूहरुको आर्थिक अबस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यबस्था गर्नु राष्ट्रपति समक्ष माग गरेका थिए ।राष्ट्रपतिले देवगणलाई अब आर्थिक समस्या बोकेर राष्ट्रपतिसम्म आउँनु नपर्ने बताउँदै तीन तहको सरकार भएकोले समस्याको समाधान स्थानीय सरकारबाट हुनसक्ने बताएको नवदुर्गा जात्रा व्यबस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिए ।