चितवनको जलवीरेमा बस दुर्घटना, तीनजनाको मृत्यु २३ घाइते

२ कार्तिक २०७५, शुक्रबार ०८:४८

 

चितवन इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो। मृतक तीन जनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान २ः३० बजे भएको थियो।