युवकको हत्या

२९ आश्विन २०७५, सोमबार १६:०७

धनगढीमाई नगरपालिका ९ का जिलासकुमार यादवको हत्या भएको छ। उनको शव सोमबार धनगढीमाई नगरपालिका ७ कसहाको टेना टोल नजिक भेटिएको हो। धनगढीमाई नगरपालिका ९ महुवा डाँडा घर भएका जीवछ यादवका १८ वर्षीय छोराजिलासकुमारको शव खेतबारीमा जाँदै गरेका स्थानीय बासी देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धान थालेको हो। इलाका प्रहरी कार्यालय गोलबजारबाट आएको प्रहरी टोलीले घटनास्थल शिल गरेर अनुसन्धान थालेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरीले स्थानीय जनप्रतिनिधिको समेत उपस्थितिमा घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहान पठाएको छ। गाउँका दुई जना साथीसँग चोकतिर घुम्न गएका जिलास साँझ घर नफर्किएपछि परिवारजनले खोजी गरिरहेकै बेला शव भेटिएको हो।