ओली सरकारलाई कमजोर नढानीयोस सोम पाण्डे

२८ आश्विन २०७५, आईतवार १८:३२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य एवम् सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर ठान्न नहुने बतायका छन

संयोजक पाण्डेले यस्तो बताएका हुन् । उनले भने,‘साना तिना घट्नाहरु घटेका छन् । यस सम्बन्धमा प्रधानमन्त्रीले मसिनो स्वरमा बोल्नुभयो भनेर राजपाका नेताहरुले प्रधामन्त्रीलाई निरिह बन्नुभयो भनेका छन् । सरकारले अपराधी पत्ता लगाएरै छोड्छ । अपराधीलाई सजाय दिएरै छाड्छ । ओली सरकारलाई कमजोर ठान्न नहुने भन्दै
देशमा नेकपा नेतृत्वमा दुई तिहाई बहुमतको सरकार गठन भएको ‘प्रधानमन्त्रीले सपथग्रहण गरेको आज ७ महिना भएको छ । सरकार अहिले एउटामात्रै उद्देश्यका साथ अगाडि बढेको छ । सुखी नेपाली र समृद्ध नेपाल सरकारको उद्देश्य हो ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले सबै कामको निम्ति आफ्ना कार्यक्रमहरु अघि बढाएको छ । चाहे त्यो हत्या, बलात्कारका हुन्, अथवा अपराधका घट्ना हुन, तिनलाई पत्ता लगाएरै छोड्छ । त्यसमा कुनै कमी गर्दैन् । समय लाग्न सक्छ उनको भनाइ थियो