तिहारपछि आन्दोलन गर्ने महतोको चेतावनी

२८ आश्विन २०७५, आईतवार ०९:१२

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान समयमा देशको परिस्थिती जटिल बन्दै गएको बताएका छन्

महतोले यस सरकारबाट अनेकन अपेक्षा रहेतापनि सरकारले केहि गर्न नसकेको आरोप लगाए । उनले सरकारले संविधान संशोधन गर्ने, मधेश आन्दोलनका विभिन्न मुद्दाहरु फिर्ता लिने र रेशम चौधरीलाई रिहा गर्ने लगायतका कामप्रति ईमान्दार नभएकोले पर्व पछि सडक आन्दोलन गर्ने स्पष्ट पारे । सरकारले हालसम्म कुनै पनि काम गर्न नसेकेकोले तिहारपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ ।’उनले देशमा गम्भिर प्रकृतिका घटनाहरु हुदाँ पनि सरकारले समयमा नियन्त्रणमा लिन नसक्नुले सरकारप्रति प्रश्न उब्जिएको बताए