नेपालले जित्यो उपाधि

२६ आश्विन २०७५, शुक्रबार १७:१०

 

टी २० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ ।

शुक्रबार नेपाल र सिंगापुरको बीचको खेल वर्षाले प्रभावित भएको थियो । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाएको अवस्थामा पानी परेको थियो ।पानीका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाललाई विजेता घोषणा गरिएको छ ।

सिंगापुरको समान अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।