दशैँ लागेपछि उपत्यकामा चोरीका घटना बढे

२६ आश्विन २०७५, शुक्रबार १७:०४

ललितपुर इमाडोल महालक्ष्मी नगरपालिका १६   इमाडोलमै पसल चलाउने राजु तामाङमा को डेराको झ्यालबाट राति सुतिरहेको अबस्थामा चोरी भएको थियो। उनको २५ हजार नगद, मोबाइल, ल्पाफ्टप लगायतका नगद र जिन्सी सामान चोरी भयो। केही दिन अघिमात्र ललितपुरकै गोदावरी नगरपालिक छम्पीको एक घरमा राति गाडीमै आएका एक समूहले घरै फोरेर लुटपाट गरे। लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ गर्‍यो। प्रकाउ पर्नेहरुमा सोमलाल स्याङ्तान, सोमलाल थिङ, राजु लामा र कुमार लामा रहेका थिए।

उनीहरू चारै जना मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ५ का रहेको ललितपुर परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रविन्द्र धानुकले जानकारी दिए। त्यसैगरी बुधबार भक्तपुर चाँगुनारायण नगरपालिका २ स्थित हनुमन्ते पुलमा मध्यपुर ठिमी ५ का जया कोइरालाको दुइ लाख नगद लुटियो। लुट्ने समुहका एक जना सुजन तामाङ पक्राउ परेका छन्। उनीमाथि भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यसै काठमाडौं प्रहरी परिसरले असोज यता विभिन्न साना ठूला चोरीका घटनामा संलग्न ६० जना भन्दा बढीलाई चोरी मुद्दामा अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरीको तथ्यांक अनुसार असोज लागेदेखि उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौका तिनवटै जिल्लामा सरदर साना ठूलागरी दैनिक तीनदेखि चारवटा चोरीका घटना घट्ने गरेको प्रहरीको भनाइ छ।

दशै तिहार छठ जस्ता वर्पमा मानिस घर छाडेर किनमेलमा ब्यस्त हुने, साथीभाई, पारिवारिक भेटघाटमा भुल्ने हुँदा चोरहरुले त्यही समयको मौका उठाएर चाडबाडको समयमा चोरी गर्ने गरेको एसएसपी धानुकको भनाई छ। देशभरकै प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्वलक्षित गरी विशेष योजना लागू गरिसकेका छन्। विशेष सुरक्षा योजना अन्तर्गत ठूलो मात्रामा सादा पोशाक र बर्दीका प्रहरी खटाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार दशैंलाई सुरक्षित बनाउन देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटिएका छन्।, २ हजार ७ सय १६ जना ट्राफिक खटिएका छन् भने १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने गरेकाले अपराध नहोस् भन्दै प्रहरीले निगरानी सुरु गरेको छ। प्रहरीको एकल प्रयास मात्रै अपराध नियन्त्रण गर्न सम्भव नहुने भन्दै प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नारिकलाई सहयोग गर्न अपिल गरेका छन्।