खाद्य संस्थानले दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ । संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपभोक्ताले पाउनेछन् ।
संस्थानका प्रवक्ता शंकर सापकोटाकाअनुसार खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ । संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँ मुल्य तोकेको थियो । गतवर्षको तुलनामा यो बर्ष खसीबोकामा प्रतिकिलो ४५ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य बढेको छ ।
संस्थानले कार्यालय परिसर थापाथलिबाट दसैंका लागि काठमाडौमा १ हजार खसी र १ हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । भोली बिहानबाट खसिबोका तथा च्याङ्ग्राकोे बिक्री सुरु गर्ने तयारी गरेको छ ।