काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौं महानगर र आफू बढी आलोचित भएको बताएका छन्। बिहीबार पत्रकारहरूसँग
भेटघाटमा प्रमुख शाक्यले आफ्नो कार्यकाल मेलम्ची आयोजनाका खाल्डाखुल्डी पुर्दैमा बित्ने हो कि भनेर चिन्ता व्यक्त गरे। ०४७ सालबाट सुरु भएको आयोजना हालसम्म पनि सम्पन्न नहुदा आफू आउनेबित्तिकै मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डो पुर्ने काम मात्र भइरहेको शाक्यले बताए। मेलम्चीका कारण आलोचित बनेका छौँ। काठमाडौंको मेयरले के गरिरहेको छ भन्ने प्रश्न उठिरहेको छ
महानगर प्रमुख शाक्यले भने ‘मेरो कार्यकाल खाल्डो खन्ने र पुर्नेमै सकिने हो कि भन्ने चिन्ता छ। महानगरमा आफू आएपछि धेरै काम भएको भन्दै महानगर प्रमुख शाक्यले सम्पादन भएका कामको लामो फेहरिस्तसमेत प्रस्तुत गरे। काठमाडौंलार्इ हरियाली बनाउने अभियान सुरु गरिएको भन्दै प्रमुख शाक्यले आर्थिक वर्ष ०७४र०७५ मा महानगरले गरेका कामका प्रगति विवणसमेत प्रस्तुत गरेका थीए।