पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् ।
उनी ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले जनाएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।
जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् । विद्यालयको भवन निर्माणका लागि बैंकमा कार्यालयले रकम पठाएको थियो । पठाएको रकमको फुकुवा भने कार्यालयले दिएको थिएन ।
रकम फुकुवा गराउन प्रमुख साहले विद्यालय निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।