आधिकारीक ट्रेड युनियन द्धारा शैक्षिक सामाग्री बितरण

२४ आश्विन २०७५, बुधबार १६:१२

निजामती कर्मचारीहरुको आधिकारीक  ट्रेड  युनियन केन्द्रिय कार्यसमितिले बिधार्थी भर्ना तथा अभिभावकत्व ग्रहण गरेको छ ।

रौतहट जिल्लाको माधव नारायण नगरपालीकामा अवस्थित राधाकृष्ण माध्यामिक बिधालयमा अध्यानरत २३ जना बिधार्थी र आधारभुत बिधालयमा अध्यनरत २१ जना बिधार्थीहरुको अभिभाकत्व ग्रहण गरेको आधिकारीक  ट्रेड  युनियनका अध्यक्ष पुन्य प्रसाद ढकालले बताउनु भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बावु पण्डितको उपस्थितिमा छात्रा , छात्रहरुलाई कपडा , झोला , किताव कापी लगायतका शैक्षिक सामाग्री बितरण गरिएको जानकारी आधिकारीक  ट्रेड  युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले दिनु भयो ।