काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिनु भयो । । आइतबार बस्ने सचिवालय बैठकले पार्टी एकता टुंग्याउने सम्बन्धमा आवश्यक निर्णय लिने प्रचण्डको भनाइ छ ।
पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेको भन्दै सचेत रहन पनि प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।