काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक को संज्ञा दिनु भएको छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नु भयो । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताउनु भयो ।
‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’
कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाको आरोप छ । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन । जंगल मास्ने संयन्त्रण भइरहेको छ’ , ‘त्यो भन्दा त दिपायल नै ठीक थियो ।’