पार्टीलाई बलियो शक्ति बनाउन बोहरा सक्रिय

१८ आश्विन २०७५, बिहीबार १९:०७

 

लामो समय देखि राजनीतिमा समय बिताउदै आउनु भएका राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहरा बलियो राष्टवादी शक्ति निर्माण गर्न सक्रियताका साथ संगठन बिस्तारमा जुटनु भएको छ ।

 

नयाँ बिचार र सोचका साथ पार्टी लाई अगाडी बढाउन नेता कार्यकर्ताहरु लाई निर्देशन दिदै आउनु भएको छ । पूर्व मन्त्री समेत रहनु भएका नेता बोहरा राष्टवादी सोचका नेता हुनु हुन्छ । बर्तमान सरकारको काम कारवाही र देशको नाजुक अवस्था प्रति पनि नेता बोहरा चिन्तित हुनु्हुन्छ । देश भक्त राष्टवादी शक्ति कमजोर रहदा देशमा संकट आउन सक्ने बोहराको ठहर छ । अहिले देश सहि ढंगले चल्न नसकेको अवस्था प्रति बोहराको चासो बढेको छ । देशमा महंगी बढेको र जनताले बिहान बेलुकाको छाक टार्न नसकेको अवस्था प्रति नेता बोहरा बढि चिन्तित देखिनुु हुन्छ । नजिकिदै आएका दशै तिहारको मुखमा बजार भाउ बढेर आम उपभोक्ताहरु मर्कामा परेका छन । सरकारले मूल्य बृद्धि गरेर जनताको ढाँड सेकेको छ । यस बारेमा राप्रपा प्रजातान्त्रिक धेरै चिन्तित देखिन्छ । मूल्य बृद्धि फिर्ता लिन सरकार लाइ पार्टीर्ले दवाव दिदै पनि आएको छ । बरिष्ठ नेता बोहराको सक्रियताले पार्टी चलायमान र गतिशिल बनेको छ । अहिले राप्रपा प्रजातान्त्रिकमा ठूलो जनलहर प्रवेश गरेको छ । बैकल्पिक शक्तिका रुपमा पार्टी लाई अगाडी बढाउन बोहराको सक्रियता बढदै गएको हो ।