सहचालकले ट्रक चलाउँदा काठमाडौंमा तीन पैदलयात्रीको मृत्यु

१० कार्तिक २०७५, शनिबार ०९:३९

सहचालकले चलाएको ट्रकले शुक्रबार बिहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा तीन पैदलयात्रीको मृत्यु भएको छ । लोलाङ माइक्रोपार्कनजिकैको मेट्रो ट्रेडर्समा सिमेन्ट झारेर फर्कने क्रममा ना६ख ७८२६ नम्बरको १२ पांग्रे ट्रकले सडक पेटीबाट पैदल हिँडिरहेका तीनजनालाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

गोर्खा भीमसेन गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटार बस्दै आएकी ७० वर्षीया तिलकुमारी तिवारीको घटना स्थलमै मृत्यु भएको थियो । ट्रकले उनको टाउकोदेखि छातीसम्म किचेको थियो । त्यस्तै, उनको ४ वर्षीय नाति आशिष तिवारीको काठमाडौको धापासीस्थित ग्रिनसिटी अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो । भनेकाठमाडौ को तारकेश्वर–४ लोलाङ बोहोराटार बस्ने ६० वर्षीया सावित्री पुडासैनीको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ । खबर राजधानी दैनिकले लेखेको छ ।