सवारी चालक लाइसेन्स लिन कक्षा ८ उत्तीर्ण हुनैपर्ने

१० कार्तिक २०७५, शनिबार ०९:३०

 

प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ।

प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्यरुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो। विधेयकको चालक अनुमतिसम्बन्धी व्यवस्थामा दफा ५१ मा चाकको योग्यता कक्षा ८ उत्तीर्ण नभएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न योग्य नहुने उल्लेख छ।

प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफल भएको विधेयकमा अनुमतिपत्र प्राप्त गर्न ठूला सवारीको हमा २५ वर्ष, मझौला सवारीका लागि २२, सानो सवारी, मोटरसाइकल, स्कुटरलगायतका सानो दुई पांग्रेका लाग १८ वर्ष उमेर भएको हुनुपर्ने व्यवस्थासहित प्रस्ताव गरएको समाचार गोरखापत्र दैनिकले लेखेको छ। विधेयकमा साधारण ध्वनि संकेत र आवाज सुन्न नसक्ने, आँखाको देख्ने शक्ति कमजोर भएकाले अनुमति पाउन नसक्ने व्यवस्था छ। विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमतिपत्र र अन्तर्राष्ट्रिय चालक अनुमतिपत्रलाई प्रदेश सरकारले मान्यता दिने भएको छ।