विजयादशमीको दिन सेनाको निःशुल्क बस

२८ आश्विन २०७५, आईतवार १८:११

 

यस वर्षको विजयादशमीको दिन पनि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते शुक्रबार पर्ने टीकाको दिन ८ वटा रुटमा बस चलाइने सेनाले जनाएको छ । ८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो तीन बजे भद्रकालीबाट ३० सिट क्षमताका १–१ वटा बस छुट्ने बताइएको छ ।

रुट नं १— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । रुट नं २भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।रुट नं ३ भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी अस्पताल ताहाचल, टेकु, थापाथली ।रुट नं ४ द्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।रुट नं ५ भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । रुट नं ६ भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । रुट नं ७
भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली रुट नं ८ भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । चल्नेछन । यसैगरी सेनाले दसैंमा घर बिदामा जाने सेना तथा तिनका परिवारका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । असोज २५ गतेबाट सुरु भएको सेवा ३१ गतेसम्म चल्नेछ ।