माधवकुमार नेपालको असहमति पत्र माथि बुधबार छलफल हुने 

२२ आश्विन २०७५, सोमबार १७:५८

 

२२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज(सहइन्चार्ज र अध्यक्ष(सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।

सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए ।

त्यसलाई सचिवालय बैठकको एजेण्डा बनाएको र पर्सि बुधबार त्यसमाथि छलफल हुने एक नेताले बताए ।

सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । साथै पर्सिको बैठकका थप एजेण्डासमेत तय गरेको छ ।

पर्सि सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।