प्रधानमन्त्रीको उपचार टिचिङ अस्पतालमा

१२ कार्तिक २०७५, सोमबार १०:२८

आज विहान विरामी भई टिचिङ अस्पतालमा पुर्‍याइएका प्रधानमन्त्री के पी ओलीको उपचारमा पाँच डाक्टर सम्लग्न रहेका हुन्। उनको उपचारमा कलेजो विशेज्ञ डाक्टर दिलीप शर्मा, छाती विशेषज्ञ डाक्टर सन्तकुमार दास, मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमी, स्नेथेनियाका डाक्टर सुवास आचार्य र मृगौला रोगकी डाक्टर दिव्यासिंह रहेका छन्। सिंह ओलीका निजी चिकित्सक हुन्।

स्वासप्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई सोमबार विहान चार बजे अस्पताल पुर्‍याइएको हो। प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा नेताहरु भीम रावल, टोपबहादुर रायमाझीलगायत अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिइसकेका छन्। प्रधानन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा केहिबेरमा अस्पतालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ।