प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव

२५ आश्विन २०७५, बिहीबार १४:५७

प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले लेखेको प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव भएको छ। उपसमितिले तय गरेको प्रतिवेदन फरक परेपछि सदस्यहरूले कर्मचारीको कामप्रति आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको उपसमिति बैठकमा उद्योगीले सरकारलाई प्रतिबद्वता जनाएअनुसार अधिकतम ६३ रूपैयाँ लेखिएको हुनुपर्नेमा सदस्यहरूले गम्भीर आपत्ति जनाएका हुन्।

उपसममितिका सदस्य पार्वता डिसी चौधरी, प्रेम आले र प्रदीप यादवले सचिव डा राजोनाथ पाण्डेको कामप्रति आपत्ति जनाएका हुन्।सचिव पाण्डेले गेट मूल्य लगायतका विषयमा कुरा गरेपछि सदस्यले निर्णय आलटाल किन गरेको  प्श्न उठएका हुन्। लेखा समितिले मूल्य निर्धारण गरेको नभई प्रधानमन्त्रीसँग प्रतिबद्वता जनाए अनुसारको मूल्य कायम गर्न निर्देशन दिइएको संयोजक लेखराज भट्टले बताए।