पराजितहरु फेरि द्वन्द्व फैलाउन चाहान्छन गृहमन्त्री

२६ आश्विन २०७५, शुक्रबार १७:२५

 

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाललाई अस्थिर राख्न चाहनेहरुले फेरि खेल्न खोजिरहेको बताएका छन् ।

 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोजिरहेका छन् । हिंसा फैलाउन खोजिरहेका छन्, नेपाललाई टुक्र्याउन खोज्ने तत्वहरु छन् । नेपाललाई समृद्ध हुनबाट रोक्ने तत्व चिनेर तिनीहरुलाई निषेध गरेपछिमात्र नेपालीहरु खुशी र सुखी हुने बताए ।नेपालमा   ७० प्रतिशत महिला हिंसाका घटना मदिराका कारण हुने गरेको भन्दै उनले त्यसका लागि मदिरा नियन्त्रण गर्नुर्पेने निश्कर्षमा गृहमन्त्रालय पुगेको बताए ।

 

‘७० प्रतिशत महिला हिंसा मदिराका कारण भएका छन् । त्यसकारण मदिरा नियन्त्रण गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेका छौं’, मन्त्री थापाले भने, गृह मन्त्रालय यसतर्फ लागिरहेको छ ।’मदिरा नियन्त्रण र हिंसा न्यूनीकरण गर्नका लागि युवाहरूलाई परिचालन गर्नुपर्ने भन्दै उनले हिंसा न्यूनीकरण र समाजवादको यात्रालाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

 

‘जनता र सरकारको संयुक्त पहलमा मदिरा नियन्त्रण गर्नुपर्ने हुन्छ । यसलाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने हुन्छ ‘लाखौं जनतालाई सहभागी गराएर सडक र सदनमा आन्दोलन गर्नुपर्ने हुन्छ ।
अहिले ९५ प्रतिशत नेपालीहरु दुखी रहेको भन्दै उनीहरु खुसी हुनका लागि समाजवाद आउनुपर्ने बताए का मन्त्री थापाले मुठीभर धनी पनि छन्, ‘समाजवादमा जादा मात्रै दुखित जनतालाई सुखी र खुसी बनाउन सकिन्छ ।संविधानले धेरै अधिकार दिए पनि जनताको दैनिकीमा खास परिवर्तनको अनुभूति भइनसकेको भन्दै जनता र सरकार मिलेर जाँदा मात्रै मुलुक समृद्ध बन्ने बताए ।