नयाँ शक्तिले काँग्रेस र कम्युनिष्टप्रतिको आफ्नो धारणा सार्वजनिक ।

१४ कार्तिक २०७५, बुधबार १५:५०

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले नेपालका काँग्रेस र कम्युनिष्ट दुवै ब्राण्ड पतनशील भएको बताएको छ । पार्टीको आजबाट काठमाडौमा सुरु भएको १५ औं संघीय बैठकमा प्रस्तुत प्रस्तुतराजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले काँग्रेस र कम्युनिष्टप्रतिको आफ्नो धारणा सार्वजनिक गरेको हो ।

पार्टीका संयोजक डा बाबुराम भटराइले ‘काँग्रेस’ र ‘कम्युनिष्ट’ ब्राण्डका पार्टीहरुले तिनै पुरानो युगका विचार र राजनीतिको पक्षपोषण गर्ने भएकाले आफुहरुले तिनीहरुसँग निर्णायक सम्बन्धविच्छेद गरेर ती भन्दा उन्नत, प्रगतिशील, क्रान्तिकारी, सुसंस्कृत पार्टी निर्माणको पहल गरेको जनाएका छन् । पार्टी विचार–राजनीतिको संगठित अभिव्यक्ति र समकालीन समाजका अन्तरविरोधहरुको हल गर्ने र समग्र समाजको अग्रगामी रुपान्तरण गर्ने साधन हो । लफल, अनुसन्धान गर्दै थप प्रष्टता हासिल गर्ने कोशिश गर्नुपर्दछ ।नयाँ युगको नयाँ कार्यभार सम्पन्न गर्न नयाँ विचार र राजनीतिमा आधारित नयाँ शक्तिको आवश्यकता पर्दछ भन्ने मान्यताका आधारमा नयाँ शक्ति पार्टी गठन गरेका हौं प्रस्ताबीत दस्ताबेजमाभनीएको छ । अठारौं–उन्नाइसौं शताब्दीको पहिलो औद्योगिक क्रान्तिकालमा संश्लेषित बजार पुँजीवाद र उन्नाइसौं–बीसौं शताब्दीको दोस्रो औद्योगिक क्रान्तिकालमा संश्लेषित राज्य–समाजवादमा आधारित पार्टीहरुले एक्काइसौं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालका कार्यभारहरु पूरा गर्न सक्दैनन् त्यस कमरण नयाँ वैकल्पिक वैचारिक–राजनीतिक ध्रुव निर्माण गर्ने आँट र साहस गरेका हौं । ।

दुई ध्रुवको रुपमा रहँदै आएका ती पतनशील शक्तिहरुको विकल्पमा अग्रगामी नयाँ÷तेस्रो ध्रुव निर्माण गर्ने हाम्रो प्रमुख लक्ष्य हो । नयाँ तेस्रो वैचारिक–राजनीतिक ध्रुवको निर्माण र त्यसको जगमा व्यापक जनआधारित वैकल्पिक पार्टीको निर्माण आजको हाम्रो सबभन्दा महत्वपूर्ण कार्यभार हो । रणनीतिमा दृढ र कार्यनीतिमा लचक भएर नै हामीले व्यापक जनसमुदायसँग झाँगिएको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न सक्नेछौँ ।पार्टीले आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ लाई परिमार्जन गरी ‘अबको निकास समावेशी विकास, समृद्धि सम्भव छ हाम्रै पालमा’ बनाएको छ ।वर्तमान नेकपा सरकारले ७ महिना अबधि पूरा गरेको छ । नयाँ संविधान जारी भएपछिको यो पहिलो निर्वाचित सरकार हो । करिब ७ दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरेको हो ।

संघीय समाजवादी फोरमसमेतको सहभागितामा सरकारले दुईतिहाई बहुमतको हैसियत प्राप्त गरेको छ । सरकारलाई ऐतिहासिक महत्वका जनमुखी काम गर्नबाट कसैले रोक्न सक्दैन यिेथो।प्रारम्भमा यो सरकारप्रति जनताको केही आशा÷अपेक्षा थियो । हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन् । यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन् भन्न् हाम्रो पार्टीको आकलन निरन्तर सही सावित हुँदैछ । जनसमुदायमा नेकपाप्रतिको भ्रम निरन्तर टुट्दै गइरहेको छ ।

ओली सरकार देशको हितमा कुटनीतिक सन्तुलन कायम गर्न असफल भएको छ । विमस्टेकलाई सार्कको सामानान्तर प्रतीत हुने गरी प्रस्तुत गर्न खोजियो, त्यो घातक कुरा थियो । भारतीय सेनाको नेतृत्वमा विमस्टेक देशहरुले संयुक्त सैनिक अभ्यास गर्ने र त्यसमा नेपाली सेनालाई समेत सामेल गराउने अनौपचारिक सहमतिको पोल खुलेपछि सरकार त्यसबाट फिर्ता हुन बाध्य भयो ।वेरोजगार युवाहरु वाध्यतावश विदेशिनु पर्ने र उनीहरुको शव दिनहुँ देश भित्रिने प्रक्रिया ज्यूँ का त्यूँ छ । जनतामाथि अनावश्यक कर थपेर महंगा गाडी किन्ने र त्यसको दोष संघीयतामाथि खन्याएर संघीयतालाई असफल बनाउने षडयन्त्रमा नेकपा र यसका निर्वाचित प्रतिनिधिहरु आफै सामेल भएको भान हुन्छ । प्रदेश सरकारहरु केन्द्र सरकारको मुख ताकेर बसेका छन् । प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बीच अनावश्यक जुहारी चलिरहेको छ प्रस्तुत राजनीतिक प्रतिवेदनमाभनीएको छ।