ताप्लेजुङमा भिरबाट लडेर एकजनाको मृत्यु

४ कार्तिक २०७५, आईतवार १८:२६

ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

भिरबाट लडेर सोही स्थान का वर्ष ४५ का श्रीप्रसाद गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गुरुङ शनिबार दिउँसो १ बजे बजारबाट घर फर्कने क्रममा भिरबाट लडेर ३० मिटर तल खसेर घाइते भएका थिए। घाइते गुरुङलाई स्थानीय क्लिनिकमा उपचार पश्चात घर लगेर सुताइएकोमा बिहान ७ बजे  मृत अवस्थामा फेला परेका थिए। घटनाको जनकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरीचौकी खेवाङबाट प्रहरीको टोली गई कानुनी प्रक्रिया पूरा गरेको छ।