एक इन्च भूभागपनि छोड्दैनौं रक्षा मन्त्री

८ कार्तिक २०७५, बिहीबार १३:२८

चीनका रक्षामन्त्री वेइ फेङ्गेले चीनले आफ्नो एक इन्चपनि भू–भाग नछोड्ने बताएका छन् ।

 

झियाङ्गसेन फोरमको बेइजिङ्गमा विहीबार उद्घाटन मन्तव्यमा उनले ताइवानले आफ्नो भू–भाग आफ्नै रहेको बताएपनि वा साउथ चाइना सी को विवादास्पद पानीकै बारेमा पनि नछोडने बताएका हुन् । चीनको अमेरिकासँगको सैन्य सम्बन्ध महत्वपूर्ण र संवेदनशील भएको बताउँदै उनले ताइवान चीनको चासोको क्षेत्र रहेकोमा साउथ चाइना सीमा बाहिरियाहरु त्यहाँ बल पदर्शनको विपक्षमा बेइजिङ्ग रहेको बताए ।

विश्वका दुई ठूला अर्थतन्त्रले सम्बन्ध अझ गहिरो बनाउनु जरुरी रहेको अमेरिकी रक्षामन्त्री जीम माट्टिसले अघिल्लो साता बताएका थिए । सो सम्मेलनमा भाग लिन नेपालका रक्षामन्त्री ईश्वर पोखरेल पनि बेइजिङ्ग पुगेकाछन् ।

एजेन्सी