आज विराटनगर काठमाडौं, चितवन र पोखरा खेल्ने

१२ कार्तिक २०७५, सोमबार ०९:१०

 

पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल मा सोमबार पनि २ खेल हुने भएका छन् । अहीले केही बेर हुने पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स आमने सामने हुनेछन् ।

युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्स लगातार दुई खेलम पराजित भएकाले पहिलो जितको खोजिमा हुने छ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमा काठमाडौं रोयल्सले धनगढीलाई १७ रनले पराजित गरेको थियो ।

आजै दिउँसो सवा १ बजे चितवन राइनोज र पोखरा पल्टन आमने सामने हुनेछन् । चितवनको नेतृत्व पारस खड्काले गरेका छन् भने पोखरा शरद भेषावकरको कप्तानीमा रहेको छ ।पोखरा पल्टन ले पहिलो खेलमा जित हात पारेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । यसैगरी पहिलो खेल गुमाएको चितवन आजको खेलमा पहिलो जितको खोजिमा हुने छ ।प्रतियोगितामा सोमपाल कामी नेतृत्वको बुटवल बल्लास्टर्सले मात्रै दुबै खेल जितेको छ ।