निसान छाप नै परवर्तन, कसले सच्याउने अन्यौल

२७ भाद्र २०७५, बुधबार ०७:५७

काठमाडौं । राष्ट्रको निसान छाप परिवर्तन भएको पाईएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ । समाचार अनुसार राष्ट्रको निसान छाप नै फरक भएपछि यसलाई कसले सच्याउने विषयमा अन्यौल सिर्जना भएको छ ।सच्याउने जिम्मेवारी कसको हो भन्नेमा सरकारी निकायबीच नै अन्योल देखिएको हो।

संविधानको धारा ९ को उपधारा २ मा निसान छापको व्यवस्था छ। सरकारले निसान छाप बनाउने संविधानमा स्पष्ट व्यवस्था छ। निसान छापमा कालापानी नभएकाले नेपालको नक्सा भएकाले सच्याउनुपर्ने भएको छ तर कसले सच्याउन समस्या उत्पन्न भएको हो ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले निसान छाप सच्याउन अन्योल सिर्जना भएको बताए। उनका अनुसार सरकारले मन्त्रिपरिषदबाट निर्माण गरी निसान छापको टुंगो लगाउनु पर्नेछ.