महाअभियोग लगाए सामना गर्छुः दीपकराज जोशी

४ आश्विन २०७५, बिहीबार १७:२६

काठमाडौं । प्रधानन्यायधिसमा अयोग्य ठानीएका दिपकराज जोशीलाई महाअभियोग लगाउने तयारीमा सत्तारुढ दल नेकपाका सांसदहरुले हस्ताक्षर संकलन थालेका छन् । यसअघि जोशीको नाम प्रधान्यायधिसमा सिफारिस गरिएको बेला संसदीय सुनुवाई समितिले उनी प्रधानन्याधिस बन्न अयोग्य भएको भन्दै अस्वीकृत गरेको थियो ।

उनले नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।

जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताए । ‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाभियोगको प्रस्ताव दर्ता गरहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भने ।

त्यसो भए तपाई राजीनामा दिनुहुन्न त भन्ने प्रश्नमा उनले राजीनामा दिनेबारे केही नसोचेको र महाभियोगको सामना गर्ने दोहोर्याए ।

संसदीय सुनुवाई समितिबाट उनको नाम अस्वीकृत भएसँगै धेरैले उनले पदबाट राजीनामा दिने अनुमान गरेका थिए । तर, सो अनुमान विपरित फेरि न्यायाधीशकै हैसियतमा सर्वोच्च फर्किएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायधिशमा अस्वीकृत जोशीलाई महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन