लोकतन्त्र मेला

५ आश्विन २०७५, शुक्रबार १५:४८

 

काठमाडौं । बसन्तपुरमा बिहिबारदेखि लोकतन्त्र मेला सुरु भएको छ । तीन दिन सम्म चल्ने उक्त मेलाको आज दोस्रो दिन अवलोकन कर्ताहरुको भिड लागेको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको लो्कत्नत्र मेलामा लोकतन्त्रको अभ्यास र महत्व दर्शाउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।

यो मेला संघीय संसदको आयोजनामा शुरु गरिएको हो । लोकतन्त्र मेलाको पहिलो दिन देखी मेलाको अवलोकन गर्ने खवलोकन कर्ताहरुको बसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ । वसन्तपुर डबलीको माहोल शुक्रबारपनि केही बदलिएकोे छ । विश्वका विभिन्न मुलुकबाट मेला हेर्न र कार्यपत्र प्रस्तुत गर्न विज्ञहरु त्यहाँ जम्मा भएका छन् ।

मेला राष्ट्रियसभाको विधान व्यवस्थापन समिति मेलाको आयोजक र काठमाडौं महनगरपालिका व्यवस्थापन हो । मेलाको खर्च १० लाख रुपैयाँ संसदको कोषबाटै गरिएको छ । दुई दिनअघि मात्रला अन्तरर्रा आयोजकले मेष्ट्रियस्तरको हुने दाबी समेत गरेका छन् ।

लोकतन्त्रका सुन्दर पक्षको खुलेर उजागर गर्न र दलहरुका विचार आदानप्रदान गर्न विभिन्न कार्यक्रमहरु तय गरिएको थियो । तर शुक्रबार दोस्रो दिनभने मेलामा रौनकता छाएको छ । लोकतन्त्रमा अभ्यस्त नेपालका लागि यो मेलाले थप प्रेरणा थप्ने अपेक्षा गरिएको छ ।