फेसबुकमा सुसाइड लेख्दै कालीगण्डकीमा हाम फालेर सोनियाले गरिन आत्माहत्या

१ आश्विन २०७५, सोमबार ०७:२१

पर्वत । म्याग्दीकी एक युवतिले फेसबुकमा सुसाईड नोट लेखेर आत्माहत्या गरेकी छिन् । म्याग्दीको बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले आईतबार सामाजिक सञ्जाल फेुबुकमा सुसाईड नोट लेखेर आत्माहत्या गरेकी हुन् ।

उनले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडिबाट कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत क्षेत्री पर्वतको जलजला २ बगरफाँटको बौरमा बस्दै आएकी थिइन।

उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको पनि प्रहरी जनाएको छ। उनले आफ्नो सामाजिक सञ्जालमा आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको बताएकी छन्।

यस्तो छ्, फेसबुकमा लेखेको सुसाईड नोट